नेकपा माओवादी केन्द्रको मंसिर २२ को लागि तय भएको सडक संघर्षको कार्यक्रम स्थगित गरिएको छ ।


आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1