हेटौँडा ।
बागमती प्रदेहका भौतिक पुर्वाधार तथा विकास मन्त्री युवराज दुलालका पिएसओ यमबहादुर सुवेदीका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका छन् । मकवानपुरको हेटौंडा उपमहानगर–११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा झुण्डिएको अवस्थामा मृत फेला पिएसओ ४२ वर्षीय सुवेदीको आत्महत्या शंकास्पद देखिएको भन्दै मृतकका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।


आफुले लगाएको पेटी खोलेर झुण्डीको देखिएपनि उनको शरिरको आधा भाग भने जमिनमा लत्रिएको र शरिरको विभिन्न भागमा निलडाम तथा कुटपिटको निशानीहरु देखिएको भन्दै परिवारले अनुसन्धानको लागि निवेदन दिएका हुन् ।
आजै हेटौँडा अस्पतालमा गरिएको पोष्टमार्टमको क्रममा पनि उनको घाटीको हड्टी भाचिएको र खुट्टा तथा जिउमा निलडाम देखिएको पाईएको मृतकका आफन्तले बताए । मृतकको आफन्तको तर्फबाट भाई इन्द्र सुवेदीले घटना निकै शंकास्पद देखिएको भन्दै घटनाको निश्पक्ष छानविनको माग गर्दै उजुरी दर्ता गरेका हुन् । आफ्नो डिउटी सकेर उनि साँझ ६ बजेर ३७ मिनेटमा हेटौँडाा ११ मा रहेको सहिदस्मारक घेटबाट क्रस गरेको सिसिटिभि फुटेजमा देखिन्छ । डिउटी सकिनाािथ किन हतार–हतार गरेर उनि स्मारक क्षेत्रमा प्रवेश गरे भन्ने विषय शंकाको घेरामा रहेको परिवारको भनाई छ ।