नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १४ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1