• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सयपत्री फूल बेचेर नौ लाख रुपैयाँ आम्दानी

✎ शुभसमय२०८० कार्तिक २२ गते, बुधबार १५:०१ 4 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

 – सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।

राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर नौ लाख आम्दानी लिइसकेको छु ।’

परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाइ नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत भएको दर्नाल बताउनुहुन्छ । 

किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको मलजल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरी बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नालले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाण्डौको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती शुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिँदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कट्ठा फूलखेती शुरु गरे पनि बिस्तारै बढाउँदै जाने उहाँको योजना छ ।

अहिले उहाँको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उहाँलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उहाँको विश्वास छ ।

यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गर्नुभएका हमाल भन्नुहुन्छ, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’

हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना तीनदेखि पाँच रुपैयाँसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँको अनुमान छ । 

सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट ४० हजार रुपैयाँ आम्दानी लिएका थिए । यस वर्ष एक कट्ठामा लगाएको फूलखेतीबाट १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी चार सय रुपैयाँमा फूल बिक्री गर्ने गर्छन् ।

यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ ।  फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती शुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ । फूल व्यवसायी बढ्दै गएका छन् ।

तिहार तथा अन्य समयमा पनि सयपत्री फूल जिल्लाबाट निर्यात हुन थालेको सम्बन्धित पालिकाका कृषि शाखा तथा कृषि ज्ञान केन्द्रका प्रमुखहरू बताउँछन् । सयपत्री फूलको माग वर्षैभरी हुन्छ । तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

मकवानपुरमा बाघ खोज्दा भेटिएको शवको पहिचान खुल्यो

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै

खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु, श्रीमती पक्राउ

मकवानपुरका विकट गाउँमा गाँजा फडानी गर्न फेरी खटिए एक सय जनाको प्रहरी टोली

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.