
मकवानपुर- कोशी प्रदेशमा रहेका डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनमा आवद्ध डेरी उद्योगहरुले आफ्नै मनोमानीमा नेपाल सरकारको निर्णयको बर्खिलापमा दुधको नयाँ मुल्य निर्धारण गरेका छन् ।
डेरी उद्योगका सञ्चालकहरु बीचको छलफलबाट कच्चा दूधको खरीद मूल्य मिति २०८० मंसिर १ गते देखि समायोजन तथा समानता सम्बन्धमा गरेको निर्णय प्रति केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
किसानहरुको लामो संघर्ष र दवाव पश्चात नेपाल सरकार मन्त्री परिषदको २०७९ फागुन १९ गतेको निर्णय अनुसार देशका कुनैपनि कुनाकाप्चा दूरदराजमा रहेका किसानहरुले उत्पादन गरेको कच्चा दूधको न्युनतम समर्थन मूल्य रु ६५ कायम गरिएकोले उद्योगले सो मूल्यमा किसानबाट खरीद गर्नुपर्ने पर्नेछ ।
साथै दुग्ध सहकारी संघ-संस्थाहरुलाई ढुवानी, चिलिङ खर्च लगायत अन्य खर्चका लागि थप टिएस बापत उपलब्ध गर्नुपर्ने न्युनतम निर्णयको विरुद्धमा गई कोशी प्रदेश भित्र रहेका र अन्यत्र केही जिल्ला तथा क्षेत्रमा सो मूल्य नदिइ कोशी प्रदेशका उद्योगीहरुबाट कच्चा दूधको मूल्य रु ५७ तोकिनु नेपाल सरकारको निर्णयको वरखिलाफमा हुने संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै त्यस्तो दुस्साहस नगर्न सम्बन्धित सबैलाई केन्द्रिय संघले अनुरोध समेत गरेको छ ।
उक्त निर्णय यथासिघ्र फिर्ता लिई कानुनी राज्यको स्थापित गरी किसानलाई विस्थापित गर्ने घृणित षडयन्त्र त्यागी किसान रहेमा उद्योगी रहन्छ भन्ने ब्रम्हसत्यतालाई मनन गरी आफु टिक्न पनि किसानलाई यस पेशामा टिकाई राख्न सम्बन्धित सबै सरोकारवाला निकायहरुलाई गम्भिर ध्यानाकर्षण गराउँदै त्यसो नभए किसानहरु आन्दोलनको बाटो र कानुनी उपचारमा जान बाध्य हुने विज्ञप्तिमा भएको छ ।
यस्तो छ संघको विज्ञप्ति :
