• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

खुवा उत्पादनले बदलिएको हेटौंडाको चुच्चेखोलाको पहिचान

✎ शुभसमय२०८० कार्तिक २५ गते, शनिबार ०९:५७ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौँडा / कान्तिराजपथ हुँदै हेटौँडा–काठमाडौँ आउजाउ गर्दा हेटौँडा बजार नजिकै पर्छ हेटौँडा–६, चुच्चेखोला।

चुच्चेखोलाको पर्यायवाची नाम हो खुवा र खुवाको परिकार। बाटोमै मगमग बास्ना आउनेगरी पाकिरहेको तातो खुवाले यो बाटो हुँदै यात्रा गर्ने धेरैको ध्यान तान्छ।

त्यसैले त चुच्चेखोला बजार पुगेपछि प्रायः सवारी रोकिन्छन् र कोसेलीस्वरुप खुवा लिएर जान्छन्।

चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिना अहिले ६५ वर्षका भए।

२०/२२ वर्षको उमेरमा काभ्रेबाट हेटौँडा आएर चौघडा चोकमा खुवा पसल खोलेका उनको खुवा घोटेरै केश पाक्यो, हातका छाला चाउरिए। यद्यपि, उनको खुवा पसलको लोकप्रियता उस्तै छ।

खुवा बेचेरै मनग्य आम्दानी गर्दै आएका उनलाई पहिले खुवा बनाउने दूध जुटाउनै मुस्किल थियो। सुरुआती अवस्थामा आफैँले भैंसी किनेर दूध उत्पादन गर्दै खुवा बनाउन सुरु गरेका कृष्णप्रसादको मेहेनतले अहिले चौघडा चोकलाई नै खुवा चोकको नामले चिनाइरहेको छ।

‘मैले २०३६ सालदेखि खुवा घोट्न सुरु गरेको हो। अहिलेसम्म पनि त्यही काम गरेर बुढो भएँ,’ उनी भन्छन्, ‘यहाँ पसल राख्दा दूध नभएर एउटा भैंसी किनेर पाल्न दिएँ। दूध राखेर पसलसम्म ल्याउनका लागि एउटा क्यान पनि किनिदिएँ। अनि, त्यही दूधबाट खुवा बनाउन थालेँ। पहिला दूध किन्नका लागि डेरी पनि थिएनन्। पछिपछि डेरी खुल्न थालेपछि चाहिँ सजिलो भएको छ।’

२०३६ सालमा हेटौँडामै पहिलोपटक खुवा बनाउन सुरु गरेका उनको पेसालाई अन्य छिमेकीले पनि पछ्याउन थाले। जसले गर्दा सिङ्गो गाउँ नै खुवा बेचेर आत्मनिर्भर बनिरहेको छ।

खुवा बनाएरै परिवार पालिएको अनुभव सुनाउँदै दुई छोराले पनि यही पेसा अंगालेको बताउँछिन् कृष्ण प्रसादकी श्रीमती लक्ष्मी तिमल्सिना।

६२ वर्ष टेकेकी लक्ष्मी भन्छिन्, ‘हामीले यो ठाउँमा खुवा घोट्न थालेको ४ दशक हुन लाग्यो। खुवा घोटेरै चारवटा छोराछोरी हुर्काइयो, पठाइयो।

उनी थप्छिन्, ‘अहिले दुई छोरा पनि खुवा घोट्ने नै काम गर्छन्। एउटा छोरा र छोरी भने मास्टर भएका छन्।’

उनका अनुसार परिवार नै मिलेर दिनमा ३० देखि ४० किलोसम्म खुवा घोट्ने गरेका छन्। यहाँ उत्पादन भएको खुवा हेटौँडामा मात्रै सीमित हुँदैन, अन्य जिल्लाका मिठाई पसलमा समेत पुग्छन्।

खुवा उत्पादनमा पुराना पुस्ताको सफलता देखेर यहाँका नयाँ पुस्ता पनि यस पेसाप्रति आकर्षित भएका छन्।

उत्पादित खुवा बिक्रीबाटै घरखर्च चल्ने देखेपछि आफूहरूले पनि अघिल्लो वर्षदेखि खुवा घोट्न सुरु गरेको बताउँछन् स्थानीय २० वर्षीया विकेश बिडारी।

बिडारी भन्छन्, ‘राम्रै आम्दानी हुने रहेछ भन्ने थाहा पाएपछि हामी दाजुभाइ मिलेर अघिल्लो वर्षदेखि खुवा बनाउन थालेका हौँ। ठीकै कमाइ भइरहेको छ। खुवा पाइने ठाउँ भनी चिनिएको भएर पनि होला चाडपर्वको समयमा त बनाएरै भ्याइँदैन। अब तिहारमा पनि खुवा खपत हुन्छ।’

यहाँ झण्डै दुई दर्जन परिवारले खुवा घोट्ने काम गर्छन्। गाउँमै उत्पादित दूध किनेर खुवा बनाउने यहाँका व्यवसायीलाई बेच्नको लागि कुनै समस्या छैन।

धेरै त हेटौँडा आउजाउ गर्नेले नै किन्छन् भने केही मात्रामा हेटौँडाका मिठाई पसल तथा अन्य सहरमा समेत पठाइन्छ। चारदेखि पाँच लिटर दूधमा बन्ने एक किलो खुवाको सात सय ५० रुपैयाँमा बिक्री हुने गरेको व्यवसायी बताउँछन्। खुवा बेचेर मासिक ५० देखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरूको अनुभव छ।  नेपाल खवरबाट साभार 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

हेटौंडा ५ स्थित खतिवडा ट्रेडिङमा चोरी

गौशालाबाट आचार्य श्रीनिवास पक्राउ

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै

भीमफेदीका ४३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

अनेमसंघ मकवानपुर अध्यक्षमा पुनः काफ्ले

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.