जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारको समयमा मौसम सफा रहने जनाएको छ ।


महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी गराउँदै तिहारको समयमा मौसम सफा रहने जनाएको हो ।
आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली रही वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने मौसमविद् अधिकारीको भनाई छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1