हेटौंडा । नेपाली हिन्दुहरुको दास्रो चाडको तिहारको समयमा बिजुली नजाने प्राधिकरणले दावी गरेको छ । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने भएकाले नेपाल विद्युत् प्राधिकरणले बिजुली नजाने बताएको हो ।
तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार तिहारको लक्ष्मीपूजामा सबैभन्दा बढी विद्युतको माग हुने गरेको छ ।
उनका अनुसार सबैभन्दा पिक माग भनेको एक हजार दुई देखि एक हजार दुई सय पचास मेगावाटसम्म माग खपत हुने गरेको छ । उत्पादन एक हजार ८०० मेगावाटसम्म भइरहेकाले तिहारको माग पूर्ण रूपमा धान्न सक्ने उनको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले दैनिक एक हजार ५० मेगावाट मात्र विद्युतको खपत भएको जानकारी दिँदै प्राधिकरणले धेरै विद्युत् खपत होस् भन्ने चाहेकोले तिहार मनाउनका लागि बत्ती बाल्न उनले आग्रह गरे ।
घरमा विद्युत् खपत गर्दा उच्च गुणस्तरको एमसिबी प्रयोग गर्न पनि उहाँको आग्रह छ । धेरै बत्तीको लोडले गर्दा एससिबी बन्द भइरहने भएकाले यसतर्फ पनि सोच्नुपर्ने उनले सुझाव दिएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1