मकवानपुरको हेटौंडामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागश्वती बस्ने २७ भेषबहादुर खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, घर परिवारसंग छुट्टिएर सोही आफ्नो पुरानो घरमा एक्लै बस्दै आएका खड्का शुक्रबार साँझ पौने ७ बजे अचेत अवस्थामा भेटिएका थिए ।
उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
खड्का लागुऔषध दुव्र्यसनी समेत रहेको र प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1