यसपालि सन् २०२४ (हज १४४५) को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ । नेपाल हज समितिको सचिवालयले हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको हो ।


हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई कात्तिम २२ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । समितिले मयाद थप गरेर आगामी मंसिर १० गतेसम्मका लागि समय तोकेको हो ।
इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटमा रहेको र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिने समितिले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1