तिहार लागेसँगै हेटौंडा बजारमा निकै चहलपहल बढेको छ । हेटौंडाका बिभीन्न मुल सडकका पेटिमा फूल बिक्री गर्नेहरुको आज बिहान निकै भिड देखिन्थ्यो । फूल खरिद गर्नका लागि बिहानै आउनेहरु पनि उत्तिकै भेटिन्थे ।


सयत्री फूल बिक्री गर्न किसानहरु डोको लिएर बजारमा आएका छन् । आज बिहान सबेरै किसानहरु आफुले उत्पादन गरेका सयपत्री फूल लिएर हेटौंडाको मेनरोड मकवानपुर उद्योग बाणिज्यसंघ, कान्तिराजपथ, रापतीरोड, स्कुलरोड लगायतका क्षेत्रमा किसानहरुले डोकोनै राखेर फूल बिक्री गरेका थिए ।
बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड देख्न सकिन्छ । हेटौंडा बजारमा तिहारका लागि भाइमसला खरिद गर्ने, दाजुभाइलाई उपहार खरिद गर्नेहरुको पनि उत्तिकै चहलपहल रहेको छ । तिहारका लागि सामान खरिद गर्नेहरु आज पछी कम हुदै जाने हेटौंडाका व्यापारीहरु बताउँछन् । आज लक्ष्मी पुजा समेत भएकाले त्यसका लागि पनि सामाग्री खरिद गर्नेहरुको भिड बढेको छ ।
भाइमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदिबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ ।