नवलपुर । नवलपुरमा बस चालक बस चलाउँदै गर्दा अचानक बेहोस भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका-५ का ४३ बर्षीय लालबहादुर गाहा मगर रहेका छन् । उनको उपचारको क्रममा आज विहान देवचुली नगर अस्पताल दुम्कौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका ३ केउरानीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख ४०७२ नम्बरको बसका चालक मगर बस चलाउदा चलाउँदै गएराति बेहोस भएका थिए । बसका यात्रुहरु सकुल रहेको र अर्को बसमार्फत गन्तव्य तर्फ पठाएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1