फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
शुक्रबार नेपाली टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगै अन्य एन्फा पदाधिकारीहरूले बिदाइ गरेका हुन् ।
छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बहराइन, यमन र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक ३० गते यूएईसँग उसैको मैदानमा खेल्नेछ ।
यूएईसँगको खेलपछि नेपालले मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसँग दोश्रो खेल खेल्नेछ । नेपालले बहराइनसँग भने आगामी वर्ष खेल्नेछ ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1