,हेटौंडा । गए राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ राप्ति पुल नजिक तिन जना सवार मोटरसाइकल दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको पहिचान खुलेको छ ।
आइतबार राति ११ बजे बुद्ध चोकबाट नवलपुर जादै गरेको ना ६५ प ७०५५ दुर्घटना हुदा मोटरसाइकल आफै अनियन्त्रीत भएर पल्टिदा मोटरसाइकलमा सवार ३ जना मध्ये चालकको ज्यान गएको थियो भने २ युवती घाइते भएका थिए। दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक हेटौंडा-४ घर भएका२२ वर्षका महेन थापा मगर रहेका छन्।उनको उपचारको क्रममा रातिनै हेटौंडा अस्पतालमा ज्यान गएको हो।


त्यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा-२ संगमचोक बस्ने १८ वर्षकी बेबिसा खड्की र मोटरसाइकलमै सवार हेटौंडा-५ गोदोंइ बस्ने १९ वर्षकी बिनिता थापा घाइते भएका थिए। गम्भीर घाइते खड्कीको थप उपचारको लागी भरतपुर लगिएको र घाइते थापा डिस्चार्ज भइसकेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।