मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-५ खैरहनी लखनटोलमा अटो दुर्घटना हुँदा गम्भीर घाइते भएका अटो चालकको उपचारको क्रममा मृत्यु भएको छ ।


स्थानीय ३३ वर्षीय लक्ष्मण स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत कात्तिक २४ गते राति लक्ष्मणले आफ्नै घरमा ना१ह ३५४४ नम्बरको अटो पार्किङ गर्ने क्रममा अटो अचानक करेसाबारीतर्फ करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा लक्ष्मण गम्भीर घाइते भएका थिए । उनको तत्काल उद्धार गरी हेटौंडा अस्पताल ल्याइएकोमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1