गोरखा । गोरखामा आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धार्चे गाउँपालिका-१ हुच्लचोकका ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो। आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र खोजी गर्दा दुई जनाको शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1