हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आजबाट खुलेको छ ।


वैदेशिक रोजगारीमा रहेकालाई ध्यानमा राखेर आजबाट आइपीओ खुल्ला गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले जनाएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा रहेकाहरुले मात्रै अहिले आईपीओको लागि आवेदन दिन सकिनेछन् ।
इच्छुक व्यक्तिहरुले अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछन् ।
वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आगामी मंसिर १८ गतेसम्म यसमा आवेदन दिन सकिने जनाइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1