हेटौंडा-४ नं. वडाको आयोजनामा यही माघ २६ र २७ गते पहिलो पटक वडास्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ। हेटौंडाको हुप्राचौरमा हुने प्रतियोगितामा वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले भाग लिनेछन्।
खेलाडीले माघ २५ गतेभित्र वडा कार्यालयमा नाम दर्ता गराउनुपर्नेछ। प्रतियोगितामा एथ्लेटिक्स, फुटबल, क्रिकेटलगायत विभिन्न खेल रहनेछन्। वडा अध्यक्षका अनुसार यसले खेलकुदको प्रवर्द्धनमा मद्दत पुर्याउनेछ।