हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ।
एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यता यस वर्षको एसईई परीक्षाको लागि मकवानपुरको ९ वटा स्थानीय तहमा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। मकवानपुर जिल्लाका एक सय २६ विद्यालयका ६ हजार १ सय ७१ विद्यार्थी एसईईमा सहभागी हुने छन् । यो संख्या गत वर्षको परीक्षार्थीभन्दा एक सय ७१ बढी हो । खुलातर्फ ८४ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताएका छन् । गौतमका अनुसार भीमफेदी कारागारमा एकजना कैदी पनि परीक्षार्थी रहेका छन् । परीक्षा चैत २७ गते सकिनेछ ।