
२८ भाद्र २०७७,मकवानपुर – मकवानपुरमा आज पनि थप १४ जनामा कोरोना पुष्ठि भएको छ । आज पुष्ठि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ जना , थाहा नगरपालिकाका ४ जना , भिमफेदी गाउँपालिकाका ७ जना र राक्सिराङ गाउँपालिकाका २ जना रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भयो ।


यसैबीच कोरोना भाईरस (कोभिड १९ ) को संक्रमणको कारण मकवानपुर हेटौँडा निवासी एकजना ब्यक्तिको निधन भएको छ । निधन हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं ४ का ६१ वर्षीय प्रल्हादकुमार पोखरेल रहेका छन् ।
भाइरस संक्रमण भएपछि उनलाई उपचारको लागि गत भाद्र १७ गते काठमाण्डौँ लगिएको थियो । काठमाण्डौको विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएकोमा आज उपचारकै क्रममा नर्भिकमा निधन भएको पोखरेलका भाई श्रीधर पोखरेलले बताउनुभयो । मृतक पोखरेललाई कुनैपनि दिर्घरोग नरहेको समेत पारिवारिक श्रोतले बताएको छ ।
