
मकवानपुरगढी – श्रमिक सानाकिसान कृषि सहकारी संस्था मकवानपुरगढीले आफ्नो आठौं स्थापना दिवस मामाघर नेपाल हेटौंडामा मनाएको छ ।


मामाघर नेपालमा रहेका बालबालिकाहरुलाई एकदिन (२ छाक) को लागि खाना र खाजा वापतको रकम मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष निर्मला लम्सालले बताउनु भयो । साथमा बालबालिकाहरुलाई मिठाई समेत खुवाइएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष मानकुमारी पाख्रीन , सल्लाहकार संयोजक बलराम हुमागाँई , प्रवन्धक गिता लम्साल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

संस्थाको स्थापना दिवस र वार्षिक साधारणसभा एकसाथ भब्यरुपमा मनाउँदै आईरहेको संस्थाले यसपटक भने कोभिड १९ का कारण असहज परिस्थिति भएकोले सांकेतिक तरिकाले मामाघर नेपालमा स्थापना दिवस मनाइएको अध्यक्ष लम्सालले बताउनु भयो ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1