मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने देविडाँडा टोलविकास संस्थाको अध्यक्षमा पुनः प्रेमप्रसाद दाहाल चयन भएका छन् ।
आज भएको टोलविकासको भेलाले दाहाललाई अध्यक्षमा पुनः चयन गरेको हो । यसैगरी भेलाले समितिको सचीवमा विक्रम गोले र कोषाध्यक्षमा ईन्दिरा कार्की (न्यौपाने) चयन गरेको छ । ११ जना रहने सो कार्यसमितिको सदस्यहरुमा भिम बहादुर गोले , सिर्जना रुम्बा , बिष्णुकुमारी गोले , यदुनाथ रेग्मी , सानुकान्छा वाईबा , रुक्मणी ढुङ्गाना , ठुलोकान्छा भुलुन र मीन प्रसाद सापकोटा चयन भएका छन् ।
तामाङ समुदायको बाहुल्यता रहेको ३ नम्बर वडाको देविडाँडा टोल विकास समितीमा ७५ घर रहेको छ ।