• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

आन्तरिक पर्यटकहरुको आकर्षक गन्तब्य बन्दै ‘सहिद क. रुद्र पाख्रीन स्मृति पार्क’

गोविन्द शर्मा तिमल्सिना२०७७ आश्विन १७ गते, शनिबार २०:५६ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा बजारको मुख्य चोकबाट उत्तर -पुर्वको करिब ५ किलोमिटर दुरिमा पिप्ले – मक्रान्चुली खडकखण्डमा अवस्थित रुद्र स्मृति पार्क अहिले आन्तरिक पर्यटनको लागि गन्तव्य स्थलका रुपमा विकास भइरहेको छ ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ कालिखोला भन्ने ठाउँमा रहेको सो पार्कमा अहिले दिनहुँ सयौंको संख्यामा हेटौंडा बजार लगायत आसपासका क्षेत्रबाट पर्यटकहरु घुम्नैका लागि आउने गरेको स्थानीयबासी विनोद बिडारीले बताए । खासगरी दैनिक बिहानीको मर्निङवाकको समय र साँखपख घुम्न आउनेको संख्या उल्लेख्य हुनेगरेको तथा शनिबारका दिनभने दिउँसोको समयमा पनि घुम्न आउनेको संख्या बढ्दो क्रममा रहेको बिडारी बताउँछन् । दैनिक पर्यटकहरुको आवातजावत बढे सँगै त्यस ठाउँमा होटलहरु पनि खुल्न थालेका छन् ।

पार्कमा माओवादी द्वन्दकालमा २०५९ साल पौष २८ गते हालको बकैया गाउँपालिका अन्तर्गतको छतिवन भन्ने ठाउँमा राज्यपक्षबाट मारिएका स्थानीय रुद्र बहाद्र पाख्रीनको प्रतिमा राखिएको छ भने त्यस ठाउँलाई पर्यटकीय रुपमा विकास गर्न ‘सहिद क. रुद्र पाख्रीन स्मृति पार्क’ का नाममा गुरुयोजना सहित निर्माण कार्यलाई अगाडी बढाईएको छ ।

जस अन्तर्गत कार्यालय भवन , ब्यवसायिक भवन , स्वास्थ्य इकाई भवन , सभाहल , सत्तल सहितको मन्दिर , सार्वजनिक शौचालय , खानेपानी , प्रतीक्षालय लगायत सो क्षेत्रको घेराबाराको निर्माण कार्य समेत सम्पन्न भैसकेको छ ।

सो निर्माणका लागि अहिलेसम्म पौने २ करोड खर्च भएको पार्क ब्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रीन (आशा) ले बताउनुभयो । पार्कलाई अझ ब्यवस्थित तरिकाले विकास र विस्तार गर्न तीन वटा ब्लकका रुपमा निर्माण गर्न लागिएको छ । जस अनुसार अहिले भइरहेको स्थानलाई ब्लक एकका रुपमा विकास गरिनेछ । त्यहाँ अब पिकनिक स्पोर्टहरु र गार्डेनको निर्माण कार्य बाँकी रहेकोछ ।

त्यसैगरी त्यसठाउँबाट अलि तल खडकको छेउमा ब्लक दुईको रुपमा विकास गर्न अहिले घेराबारा लगाउने कार्य सम्पन्न गरिएको अध्यक्ष पाख्रीनले बताउनुभएको छ । ब्लक दुईमा तामाङ संग्रहालय , बुद्धको मुर्ति लगायत रमणीय संरचनाहरु निर्माण गरिनेछ ।

मनकामनाचोकमा रहेको खाली जग्गालाई ब्लक तिनका रुपमा निर्माण गरिने र त्यस ठाउँमा बालबालिकालाई केन्द्रित गरेर बालउद्यनका लागि चाहिने आवश्यक संरचनाहरु निर्माण गर्न लागिएको अध्यक्ष पाख्रीनले बताउनुभयो । पार्क निर्माणमा लाग्ने आवश्यक बजेट बाग्मती प्रदेश सरकार र स्थानीय सरकार ( गाउँपालिका ) बाट उपलब्ध हुने जनाइएको छ ।

गाउँपालिकाले वडा नम्बर ४ मा रहेको मनकामना मन्दिर र रुद्रपार्क वडा नम्बर २ मा रहेका विजयपार्क , ऐतिहासिक मकवानपुरगढी दरवार क्षेत्र , ढुङ्गेगढी तथा वडा नम्बर ८ बुढिचौरमा रहेको रिषेश्वर गुफा लगायतका ठाउँलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न लागिएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

मकवानपुरगढीका विद्यालयमा रैथानेबालीको परिकार बनाउने तालिम

कर्णालीमा माओवादी र एमालेले टुंगो लगाए मन्त्रीको नाम

बागमतीका नवनियुक्त ८ मन्त्रीले लिए शपथ

बागमतीमा आज मन्त्रिपरिषद्ले पूर्णता पाउने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.