मकवानपुर – मकवानपुरमा गरिएको परिक्षणमा शुक्रवार बिहानै थप ६६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
पुष्टि हुनेमा २४ जना महिला र ४२ जना पुरुष रहेका छन् ।
संक्रमण पुुष्ठि हुनेमा भिमफेदी गाउँपालिकाका २ जना र जिल्ला बाहिरका २ जना छन् भने बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।
हेटौंडामा रहेको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा यहि असोज २२ गते १३८ जनाको स्वाब परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्ठि भएको हो ।
सम्वन्धित समाचार
Add A Comment