
प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड–नेपाल) ले माइतघर मण्डलामा धर्ना दिएको छ ।
प्रधानमन्त्री केपी शर्माले गरेको प्रतिनिधिसभा विघटनलाई असवैधानिक र प्रतिगामी कदमको आरोप उनीहरूले लगाएका छन् । सोही कदमको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले देशव्यापी विरोधका विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । यही क्रममा आइतबार माइतीघर मण्डलामा धर्ना दिएको हो ।
धर्नामा पूर्वप्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल सहितका नेता कार्यकर्ताको उपस्थिति थियो ।



What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1