• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने विकल्प कांग्रेसले रोज्नुपर्छ : कमल थापा

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन २१ गते, शुक्रबार १३:१६ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

बुटवल / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थिति कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताएका छन् । संसद विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै थापाले अब बल कांग्रेसको कोर्टमा आएको बताए ।

पार्टीले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले अब शुरु हुने संसद अधिवेशनले नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुने र ताजा जनादेशमा जाने अवस्था आउन सक्ने औंल्याए ।
सर्वोच्चले संविधानको धारा ७६ (१) को सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भनेर संसद पुनस्र्थापना गरिदिए पनि अब ७६ (७) अनुसार विघटन हुने र ताजा जनादेशको विकल्पमा जानुपर्ने उनको तर्क छ ।

नेकपा विभाजन भएमा सरकार गठनका लागि बल कांग्रेसको कोर्टमा पुग्ने उनले औंल्याए । ‘अहिले मुलुकसामु दुईवटा विकल्प छन्, एउटा अपवित्र गठबन्धनका माध्यमबाट सांसद किनबेच र राजनीतिक अस्थिरता निम्ताउने र दोस्रो संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने,’ उनले भने, ‘कांग्रेसले दोस्रो विकल्पलाई रोज्नुपर्छ ।’ अध्यक्ष थापाले अपवित्र गठबन्धन गर्ने हो भने त्यसको मूल्य कांग्रेसले लामो समयसम्म चुकाउनुपर्ने तर्क गरे ।

सर्वोच्चको फैसलापछि मुलुकमा अस्थिरता निम्तिने संकेत देखिएको भन्दै उनले यसले प्रजातान्त्रिक प्रणालीलाई पनि कमजोर बनाउने जिकिर गरे । ‘जनताले शान्ति र स्थिरताका निम्ति नेकपालाई म्याण्डेट दिएका हुन्, तर नेकपा कुर्सी र सत्ता कब्जाको खेलमा लागेर जनतालाई धोका दियो,’ थापाले भने ।

अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य कदम भएको बताउँदै हतियार तत्काल बुझाउनुपर्ने बताए । ‘विप्लवसँग वार्ता र सहमति सकारात्मक र स्वागतयोग्य छ अब हतियार बुझाउने काम तत्काल हुनुपर्छ,’ अध्यक्ष थापाले भने, ‘संविधानले आफ्ना एजेण्डा स्थापित गर्ने ठाउँ दिएको छ, विद्रोहमा जान आवश्यक थिएन ।’

पत्रकारको प्रश्नमा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै त्यसबारे पार्टीले निर्णय लिने बताए । (अनलाइन खबरबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.