• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

माधव–झलनाथ पक्षको समूहगत प्रतिवेदन : केपी सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ

✎ शुभसमय२०७७ चैत्र ५ गते, बिहीबार १८:२० 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम सुरु भएको छ । सुझाव प्रतिवेदनमा केपी ओली पक्षले राज्यका स्रोत साधन दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने प्रयास गरेकाले ओली सरकार ढाल्नुपर्ने सुझाव समेटिएका छन् । त्यस्तै ओलीविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन माओवादी केन्द्रसँग एकता गर्न समेत पछि पर्न नुहुने समूहगत छलफलका क्रममा सुझाव आएको टोली नेताहरुले बताएका छन् ।

प्रदेश १ का तर्फबाट समूहगत छलफलपछि नेता घनेन्द्र बस्नेतले प्रतिवेदन पेश गरेका छन् । त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदन पनि पेश भएको छ । प्रदेश १ का तर्फबाट आएका सुझावहरूलाई प्रतिवेदनका रुपमा पेश गर्दै नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेला गरेर गरेको निर्णयको विरोध र भत्र्सना गर्नुपर्ने गर्नुको विकल्प नभएको बताएका छन् ।

उनले नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने, ओली पक्षले गरेका गुटगत निर्णय खारेज गर्नुपर्ने, पार्टी एकता जोगाउनुपर्ने, मुलुकलाई सम्मृद्ध बनाउन विचार मिल्ने राजनीतिक दल खासगरी कम्युनिस्ट पार्टीहरूसँग कार्यगत एकता गर्दै पार्टी एकताको दिशामा जानुपर्ने, प्रदेशहरूमा वामपन्थीहरुको सरकार कायम राख्नुपर्ने तर ओली गुटले पार्टी विभाजन गर्ने प्रयास गरे ओली नेतृत्वको सरकार ढाल्नु उचित हुने जनाएका छन् । त्यस्तै केपी गुटले कम्युनिस्ट आन्दोलन धराप पार्न लागेकाले त्यसलाई रोक्न पार्टीलाई तल्लो निकायसम्म पुर्याएर संगठित गर्नुपर्ने लगायतका सुझाव समेटिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदनमा तीन वटा सुझाव पेश गरेको छ । सांगठनिक, वैचारिक र विविध विषयमा प्रतिवेदन केन्द्रीत रहेको छ । जसमा जबजमाथि ओली पक्षबाट भइरहेको आक्रमण र गलत अभ्यासका विरुद्ध कार्यकर्ता पंक्तिमा जानकारी गराउने, जवज चौतारी बनाउने विषयमा अवधारणा तयार गरी ठोस रुपमा लागु गर्नुपर्ने उल्लेख छ । त्यसैगरी सांगठनिक क्षेत्रतर्फ एमालेलाई निरंकुशताबाट मुक्त गर्नुपर्ने, जबजको मान्यतासहितको पार्टी स्थापना गरौ भन्ने नारासहितको कमिटी गठन गर्ने र वडा कमिटीसम्म विस्तार गर्ने, जिल्ला केन्द्रमा स्कुल बनाउनुपर्ने सुझाव समेटिएको छ । त्यसैगरी ओली सरकारको विघटन अनिवार्य भएको भन्दै नेतृत्वको चयन गर्दा क्षमतालाई ध्यान दिनुपर्ने उल्लेख छन् ।

गण्डकी प्रदेशका तर्फबाट श्रीमाया थकालीले आफ्नो समुहको प्रतिवेदन पेश गर्दै नेता माधव नेपालले पेश गरेको प्रतिवेदनलाई समर्थन जनाउँदै थप सुझावहरु पेश गरेकी छन् । जसमा २०७७ भाद्र २६ को सहमति उल्लङ्घनबारे व्याख्या गर्नुपर्ने, पार्टी विवादको समाधानका लागि ओली २०७५ जेठ ३ अघि फर्किन मानेनन् भने कसरी अघि बढ्ने भन्ने पार्टीले ठोस कार्यदिशा तय गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदन पेश गर्दै थकालीले गण्डकी प्रदेश केपी गुटको उर्वर भूमिका रुपमा चिनिएकाले आफ्नो पक्ष कमजोर रहेकाले त्यसलाई आफ्नो पकड जमाउन गर्नुपर्ने उपायका बारेमा नेतृत्वले ध्यान दिनुपर्ने सुझाव दिइन् । उनले सम्वाद र वार्ता गर्दै पार्टी एकता जोगाउनुपर्ने, ओली समुहले एकपक्षीय निर्णय गरेकाले खारेजका लागि पहल गर्नुपर्ने, त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारी स्रोतसाधन एकलौटी दुरुपयोग गरेकाले भण्डाफोरको गर्नुपर्ने सुझाव समेटिएको छ । १० समुहमा विभाजित टोली नेताहरुले आआफ्नो समुहको सुझाव प्रतिवेदन बुझाउने क्रम जारी छ । (रातोपाटीबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

एमालेको बागमती नेतृत्वमा सहमति जुटेन, निर्वाचनका लागि उम्मेदवारी दर्ता

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.