काठमाडौं / निर्वाचन आयोग नेपालले सातै प्रदेशमा आफ्नो मातहतको प्रदेश कार्यालयको स्थापना गरेको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को गत माघ १० गतेको बैठकले निर्वाचन आयोग अन्तर्गत सातै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत गरे पश्चात् आयोगले प्रदेश कार्यालयको स्थापना गरेको हो ।
बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले
भर्चुअल माध्यममार्फत प्रदेश निर्वाचन कार्यालयहरुको उद्घाटन गर्नुभएको हो । प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमतीको मकवानपुर, गण्डकीको कास्की, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा प्रदेश स्तरिय कार्यालयहरु स्थापना भएको छ ।
सात वटै जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भइ आयोगको प्रदेश कार्यालयको स्थापना गरिएको हो ।