काठमाडौँ / अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ ।
विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ भएकालाई मात्र नियुक्त गर्ने प्रावधान राखेपछि एन्फाले टिमको मुख्य प्रशिक्षकमा अलमुताइरीलाई नियुक्त गरेको हो ।
एन्फाले महासंघको नया प्रावधानले साविकका प्रशिक्षक बालगोपाल महर्जनबाट प्रशिक्षण गर्न प्राविधिक समस्या हुने भएपछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो।
एन्फाको प्राविधिक कमिटीको सिफारिसमा अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको बताइएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलको तयारी गरिरहेको छ । यस क्रममा नेपालले चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनजस्ता मुलुकको सामना गर्नेछ ।