मकवानपुरगढी- संस्थाको २३ औं स्थापना दिवसको अवसरमा मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार (आज) आयोजित रक्तदान कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुब प्रसाद लामिछानेको प्रमुख आतिथ्यता एवम् संस्थाकी उपाध्यक्ष भगवती घिमिरेको संयोजकत्वमा सम्पन्न भएको हो ।
श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मानकुमारी पाख्रिनको विशेष आतिथ्यतामा भएको कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेको संस्थाले जनाएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र (ब्लड बैंक) हेटौँडाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
सम्वन्धित समाचार
Add A Comment