काठमाडौँ / नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज देशभर निर्वाचन कार्य जारीरहेको छ । देशभरबाट १३ हजार एक सय ८० जना संचारकर्मी मतदाताहरुले महासंघको नेतृत्व छान्दैछन् ।
महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् भैरहेको यस निर्वाचनमा केन्द्रिय कार्यसमिति, प्रदेश कार्यसमिति र जिल्ला शाखामा आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुदैछ।
निर्वाचन वुधबार विहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।