


हेटौंडा / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ ( अनेमसंघ) मकवानपुरको १३ औ जिल्ला सम्मेलनले नेकपा एमालेकी नेत्री सुमित्रा काफ्लेको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ ।
आज हेटौंडामा भएको अनेमसंघको जिल्ला सम्मेलनले काफ्लेको अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा चमेली वाईबा सचिवमा साधना श्रेष्ठ, सहसचिबमा नानिमाया सापकोटा र कोषाध्यक्षमा नर्बदा थपलियालाई निर्वाचित गरेको छ ।

त्यस्तै आज शनिबार नै भएको अनेमसंघ हेटौंडा उपमहानगरपालिकाको १५ औ नगर सम्मेलनले रन्जिता सिलवालको अध्यक्षता ६१ सदस्यीय नगरकमिटी समेत निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा मिनु बिक, सचिबमा उर्मिला श्रेष्ठ, सहसचिवमा लक्ष्मी चौलागाईं र कोषाध्यक्षमा सानू खड्का रहेका छन ।
अनेमसंघ केन्द्रिय संयोजक सीता पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा अनेमसंघ बागमती प्रदेश कमिटीका संयोजक शुशिला नेपालको बिशेष आतिथ्यता रहेको थियो ।

सम्मेलनमा अनेमसंघकी केन्द्रिय सचिवालय सदस्य जुनेली श्रेष्ठ, पद्मा पौडेल, केन्द्रिय सदस्य मेनुका दाहाल, नेकपा एमाले जिल्ला कमिटी सचिब लाल बहादुर थापा, सचिवालय सदस्य सुनिल मोक्तान, नवीन सिग्देल, राष्ट्रिय युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईं, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती, अनेरास्ववियु जिल्ला अध्यक्ष किशन घिसिङ्ग, नेकपा एमाले जिल्ला सदस्य जुना दाहाल, एमाले नेत्री तथा बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्ग्तान लगायत नेकपा एमाले तथा अनेमसंघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अखिल नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष पार्वती रानाको अध्यक्षता सम्पन्न भएको थियो ।
