• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

स्टेजमा ताज खोेसिँदा मिसेज श्रीलङ्का घाइते, मिसेज वर्ल्ड पक्राउ

✎ शुभसमय२०७७ चैत्र २९ गते, आईतवार १३:०९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

श्रीलङ्कामा सौन्दर्य प्रतियोगिताका बेला बिजेताको विषयमा भएको विवादमा कोलोम्बो प्रहरीले वर्तमान मिसेज वर्ल्डलाई पक्राउ गरेको छ । मिसेज वर्ल्ड क्यारोलिन जुरीमाथि उनले बिजेताको टाउकोबाट जबरजस्ती ताज निकाल्ने कोसिस गरेको जसका कारण मिसेज श्रीलङ्काको टाउकोमा गम्भीर चोट लागेको आरोप लागेको छ ।

स्मरण रहोस्, आइतबार भएको प्रतियोगितामा क्यारोलिन जुरीले मिसेज श्रीलङ्का छानेपछि पुष्पिका डी सिल्वाको टाउकोबाट बिजेताको ताजमाथि झम्टेर निकाल्ने कोसिस गरेकी थिइन् । जुरी अघिल्लो वर्षकी मिसेज श्रीलङ्का पनि हुन् ।

ताज खोसिने क्रममा पुष्पिका डी सिल्वा उपचारका लागि अस्पताल भर्ना हुनुपरेको थियो । यो सौन्दर्य प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिँदै थियो । हलमा उपस्थित सबै दर्शक यो घटना देखेर चकित परेका थिए । प्रहरीले जुरीका साथै उनकी एक साथीलाई पनि पक्राउ गरेको छ ।

यसअघि डी सिल्वाले प्रहरी स्टेशनबाहिर स्थानीय संवाददातासँग यदि जुरी सार्वजनिक रुपमा उनीसँग माफी माग्छिन् भने उनले आफूले लगाएको सबै आरोप फिर्ता लिने बताएकी थिइन् । यद्यपि, जुरीले यस्तो गर्न अस्वीकार गरिन् । डी सिल्वाले आफूले माफी गर्न सक्ने तर यो घटनालाई कहिले पनि बिर्सन नसक्ने बताएकी छिन् ।

एफपी न्यूज एजेन्सीका अनुसार यो मामिलामा अर्को सुनुवाई अर्को हप्ता हुने आशा गरिएको छ । यस्तै जुरीलाई हाल धरौटीमा रिहा गरिएको छ ।

के थियो विवाद ?

मिसेज श्रीलङ्काको बिजेताको नामको घोषणापछि जुरी अचानक स्टेजमा आएर सबैको अगाडि डी सिल्वाको सम्बन्धविच्छेद भइसकेको र नियम अनुसार उनी यो ताजको हकदार नभएको बताउँछिन् ।

 जुरीका अनुसार डी सिल्वा एक सम्बन्धविच्छेद भइसकेकी महिला हुन् र उनलाई गलत तरिकाले बिजेता बनाइएको छ । उनले दर्शकलाई यो सौन्दर्य प्रतियोगितामा सम्बन्धविच्छेद भइसकेका महिलाले भाग लिन नसक्ने बताइन् । जु।रीले डी सिल्वाको टाउकोबाट बिजेताको ताज निकालिन् र रनर–अपलाई लगाइदिइन् । त्यसपछि डी सिल्वा रुँदै स्टेजबाट तल झरिन् ।

यस्तै, यो घटनापछि सिल्वाले स्पष्टिकरण दिँदै आफू श्रीमानसँग अलग त बस्ने तर आफ्नो सम्बन्धविच्छेद भइसकेको बताइन् । कानूनी रुपमा उनी अहिले पनि विवाहित छिन् । यो सौन्दर्य प्रतियोगिताका आयोजकले पनि स्टेज, लुगा इत्यादिमा क्षती पुर्याएको र कार्यक्रमलाई बदनाम गरेको भन्दै जुरीसँग क्षतीपूर्ती माग गरेका छन् । (रातोपाटि बाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो

बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मुत्यु

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.