मकवानपुर- राष्ट्रिय सहकारी बैंक लि.हेटौंडा शाखाले हेटौंडामा रहेको भुटनदेवि माध्यामिक विद्यालयमा आइतबार (आज) बालक्लब गठन गरेको छ ।
बैंकको स्वीकृत वार्षिक कार्यक्रम अनुसार ६८ वटै शाखा कार्यालयहरुले १–१ वटा सामुदायीक विद्यालयहरुमा सहकारी सचेतना, वित्तिय साक्षरता लगायतका रचनात्मक तथा श्रृजनशील कार्यक्रमहरुमा अग्रसर गराउने उदेश्य अनुरुप क्लब गठन भएको हो ।
विद्यालयका प्रधानाध्यापक श्री माधव प्रसाद दाहालको सभाध्यक्षता एवम् राष्ट्रिय सहकारी महासंघका संचालक श्री नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच बालक्लब गठन गरिएको हो ।
क्लब मार्फत वालवालिकालाई सहकारीको सिद्धान्त, मुल्य मान्यताको जानकारी गराउने , वालवालिकाको नेतृत्व विकास गराउने , सामुहिकताको भावना विकास गराउने, सामाजिक सदभाव कायम गर्न सहयोग गर्ने बानिको विकास गराउने उद्देश्य रहेका छन् ।
विद्यालयका शिक्षक खडानन्द चौलागांई संरक्षक रहने गरी कक्षा ८,९,१० का विद्यार्थीहरु मध्येबाट देवराज जैशवालको अध्यक्षतामा सहकारी बाल क्लब गठन गरिएको छ। क्लबको उपाध्यक्षमा आकृति बडवाल, सचिव राजु रावत , कोषाध्यक्ष विपना कुमारी थारु, सह सचिव अंजलि यादव ,सह कोषाध्यक्ष आतिथी आलम , सदस्यहरुमा राजिब ठाकुर , अविनास यादब , अन्सु ढोडरी , आसिका फुयाल र सौगात तिमल्सीना रहेका छन् ।
कार्यक्रम संचालन, कार्यक्रमको उद्देश्य एवं वित्तिय साक्षरता सम्बन्धी प्रस्तुतिकरण राष्ट्रिय सहकारी बैंक लि.हेटौंडाका शाखा प्रमुख श्री रामेश्वर अर्यालले गर्नुभएको थियो ।