वीरगन्ज / सहरमा कोरोना संक्रमित बढैसँगै वीरगन्ज महानगरपालिकाले आजबाट कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आइतबार एक विज्ञप्ति जारी गर्दै वैशाख ६ गते देखि कक्षा १ देखि ५ सम्मका सम्पूर्ण पठनपाठन बन्द गर्न विज्ञप्ति उल्लेख छ ।
महानगरले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि ९ सम्मको कक्षा ८ बाहेकको परीक्षा दुई सिफ्टमा संचालन गर्न भनेको हो। त्यसैगरी सामुदायिक र संस्थागत विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गर्न सम्बन्धित विद्यालयलाई जानकारि गरेको छ ।