हेटौँडा / कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढे सँगै मकवानपुर जिल्लाको मालपोत कार्यलय र नापी कार्यलय बन्द हुने भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवार (भोलि) देखि मालपोत कार्यलय र नापी कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।
मालपोत र नापी कार्यलयमा अत्यन्त भिडभाड बढेको कारण संक्रमणको जोखिम बढेको भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु भोलि देखि अर्को निर्णय नभएसम्मको लागि बन्द हुने जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।