


हेटौँडा / मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापित आईसियू र भेन्टिलेटर कक्षको शुभारम्भ गरिएको छ ।
आज शुक्रबार हेटौँडा अस्पतालमा पुगेर मुख्यमन्त्री डोरमणी पौडेलले २० बेडको आइसियु र ६ वेडको भेन्टीलेटर सेवाको शुभारम्भ गर्नुभएको हो ।

कोरोना भाईरसको दोश्रो लहर प्रारम्भ भएपछि विरामीहरुलाई आइसियु र भेन्टीलेटका् आवश्यक्ता बढदै गएको र कोभिड–१९ को बिरामीको उपचारमा सहजता ल्याउनका लागि प्रतिष्ठानले अत्याधुनिक सेवा सहितको आइसियु र भेन्टीलेटर बेडको सुरुवात गरेको हो ।
आईसियू र भेन्टिलेटर कक्षमा आजैबाट बिरामीहरु भर्ना गरी उपचार सेवालाई निरन्तरता दिने हेटौँडा अस्पतालले जनाएको छ ।
हेटौँडा अस्पताल कोभिड–१९ का संक्रमण बिरामी उपचार कक्षका चिकित्सक डा. सागर काफ्लेका अनुसार, यसअघि नै हेटौँडा अस्पतालको कक्षमा कोभिड–१९ संक्रमित बिरामीहरुलाई उपचार गर्न १० वटा आइसियू बेर्डको स्थापना गरी ती बिरामीहरुलाई चिकित्सकहरुद्वारा उपचार सेवा प्रदान गरिरहेको छ ।