
मकवानपुरगढी- शुक्रबार मकवानपुरगढीका ४ जना कोभिड संक्रमणमुक्त भएका छन् । यसैगरी शुक्रबार नै संक्रमितको सुचिमा अरु ३ जना थपिएका छन् ।
थपिनेमा हेटौंडा अस्पतालबाट प्राप्त RT-PCR रिपोर्ट अनुसार मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर ५ का १ जना पुरुष र १ जना महिला गरी जम्मा २ जना र वडा नम्बर ३ का १ जना पुरुष गरि ३ जनाको Covid-19 Positive रिपोर्ट प्राप्त भएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ ।
यो सँगै शुक्रबार सम्मको रेकर्ड अनुसार गाउँपालिका भित्र सक्रिय संक्रमीतको संख्या ७३ जना रहेको छ । संक्रमित मध्ये होम आईशोलेशनमा ७१ जना रहेका छन् भने २ जना अस्पतालमा उपचाररत अवस्थामा रहेको लामिछानेले बताउनुभयो । हालसम्म दोश्रो लहरको संक्रमणबाट पालिका भरीमा ८० जना संक्रमित भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1