• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

स्वास्थ्यको मन्त्रालयको तथ्यांक : उपत्यकाका अस्पतालमा १०४० बेड खाली (सूचीसहित) 

✎ शुभसमय२०७८ जेष्ठ ४ गते, मंगलवार १०:१४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं / काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

उक्त तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पताल सहित उपत्यकाका सबै सरकारी अस्पतालहरु, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरु एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा छन् । यसको अर्थ उपत्यकाका अस्पतालहरुमा ७५० वटा आइसोलेसन बेड खाली छन् ।

उदाहरणको लागि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा कुल १७० आइसोलेसन बेडको क्षमता छ । तर त्यहाँ सोमबारसम्म १६१ जना बिरामी रहेको स्वास्थ्यको तथ्यांकले देखाउँछ ।
त्यस्तै, सोही अस्पतालमा २० वटा आईसीयू बेड रहेकोमा अहिले ११ जना बिरामी मात्रै छन् । यसको अर्थ त्यहाँ ९ वटा आईसीयू बेड खाली छ । सोही अस्पतालमा रहेका नौवटै भेन्टिलेटरमा बिरामी रहेको तथ्यांकमा देखिन्छ ।

त्यस्तै, उपत्यकाका सबै अस्पतालमा गरी कुल ४६४ वटा आईसीयू बेड रहेकोमा जम्मा २४३ जना मात्रै बिरामीहरु आईसीयूमा रहेका छन् । यसको अर्थ उपत्यकामा २२१ वटा आईसीयू बेड खाली छन् । उपत्यकामा रहेको २०२ वटा भेन्टिलेटरमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ ।

यसरी आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म होम आइसोलेसनमा देशभर एक लाख ६ हजार ५१० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९७० जना, आईसीयूमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

कुन अस्पतालमा कति बिरामी छन् ? भन्ने बारेमा मन्त्रालयले सार्वजनिक गरेको सूची तल उल्लेख गरिएको छ । (अनलाइन खबरबाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.