हेटौंडा / बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्षमा सन्तोष चौलागाईं नियुक्त हुनुभएको छ ।
बागमती प्रदेशको मन्त्रीपरिषदको निर्णय अनुसार उपाध्यक्ष पदमा नियुक्ति भै चौलागाईंले शुक्रबार पद तथा गोपनीयतको शपथ लिनुभएको छ ।
नबनियुक्त उपाध्यक्ष चौलागाईंलाई बागमती प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले शपथ ग्रहण गराउनुभएको छ ।शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति थियो।
युवाका क्षेत्रमा लामो समय देखि क्रियाशिल चौलागाईं यस अघि जिल्ला युवा समिती मकवानपुरको अध्यक्ष भै कार्यगरि सक्नुभएको छ ।