मकवानपुर । ईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ ।
यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ । पछिल्लो पटक खेलाडीहरुले स्पोन्सरको बोतल हटाउन थालेपछि यूईएफएले चेतावनी दिएको हो । सोमबार पोर्चुगलका कप्त क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाएर पानी खान आग्रह गरेका थिए । यस्तै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए । इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए ।