
मकवानपुरगढी- कोभिडको दोश्रो लहरबाट शनिबार मकवानपुरगढीमा ८ जना संक्रमणमुक्त भएका छन् । उनीहरु सबै संक्रमित भएको १४ दिन पार गरि संक्रमणमुक्त भएका हुन् ।
यसैगरी आज थप १ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा वडा नम्बर १ का १ जना महिला रहेका छन् भने उनको हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
कोरोनाको दोस्रो लहरबाट हालसम्म मकवानपुरगढीमा संक्रमित हुनेको संख्या २२२ पुगेको छ भने १९२ जना १४ दिन पार गरि संक्रमण मुक्त भएका छन् ।
आजको रेकर्ड सँगै मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट सक्रिय संक्रमित ३० जना रहेका र ती मध्ये २७ जना होमआईसोलेशन र २ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशन वार्डमा तथा १ जना भरतपुर अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।
कोभिडको दोश्रो लहरबाट अहिलेसम्ममा मकवानपुरगढीका २ जना महिला र ३ जना पुरुष गरि ५ जनाको ज्यान गएको छ ।
