हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महीनाभित्र सबै नागरिकलाई खोप लगाइने बताउनु भएको छ ।


आज नेपाल बाल संगठनको केन्द्रीय सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप खरीदको विषय सुल्झँदै गएको बताउनु भएको हो । सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइने प्रधानमन्त्री ओलीको दाबी थियो । उहाँले अर्को वर्ष भर्चुअल माध्यमबाट कार्यक्रम गर्नुपर्ने अवस्था नरहने समेत बताउनुभयो ।
सन् २०२१ भित्र सबैलाई खोप लगाएर प्रत्यक्ष भेटेरै कार्यक्रम गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रूपले सबल, शैक्षिक हिसाबले उत्कृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताउनुभयो ।०००
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1