मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय को अनुमानित बजेट प्रस्तुत गरेको छ । आज असार १० गते शुरु भएको गाउँपालिकाको सातौं गाउँसभामा सो बजेट प्रस्तुत गरिएको हो ।
कुल बजेटको ५४.७१ प्रतिशत अर्थात् ३२ करोड ६९ लाख ४७ हजार पुँजीगत तर्फ विनियोजन गरिएको छ भने ४५.२९ प्रतिशत अर्थात् २७ करोड ५ लाख ६० हजार चालू तर्फ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि कार्यालय संचालन तथा प्रशासनिक खर्च अन्तर्गत ६ करोड अर्थात् कुल बजेटको ९.५३ प्रतिशत रकम विनियोजन गरिएको छ ।
विषय क्षेत्रगत आधारमा बजेटको विनियोजन गरिएको छ ।
आर्थिक विकास क्षेत्र :
यस अन्तर्गत कुल ब्यय अनुमानित रकमको १६.८५ प्रतिशत अर्थात् १० करोड ६० लाख ८० हजार रकम विनियोजन गरिएको छ । जसअनुसार कृषि क्षेत्रमा २ करोड ६४ लाख १३ हजार , उद्योग क्षेत्रमा ६५ लाख , पर्यटन क्षेत्रमा १ करोड १४ लाख ५ हजार , सहकारी क्षेत्रमा ६६ लाख , जलश्रोत तथा सिंचाइ क्षेत्रमा २ करोड २२ लाख २० हजार , पशुपंछी विकासमा २ करोड ८४ लाख ३२ हजार र भुमी-ब्यवस्थामा ४५ लाख रकम विनियोजन गरिएको छ ।
पुर्वाधार विकास क्षेत्र :
यस अन्तर्गत कुल ब्यय अनुमानित रकमको २५.४२ प्रतिशत अर्थात् १६ करोड रकम विनियोजन गरिएको छ । जसमध्ये यातायात पुर्वाधारमा १४ करोड ६२ लाख ९० हजार , भवन आवास तथा सहरी विकासमा ८८ लाख ५० हजार , उर्जामा ३५ लाख ६८ हजार , संचार तथा सुचना प्रविधिमा ८ लाख १८ हजार र विज्ञान तथा प्रविधिमा १० लाख ९५ हजार रकम विनियोजन गरिएको छ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र :
यस अन्तर्गत कुल ब्यय अनुमानित रकमको ३.१७ प्रतिशत अर्थात् २ करोड रकम विनियोजन गरिएको छ । जसमध्ये यस क्षेत्रका उपक्षेत्रहरु मध्यवन क्षेत्रको संरक्षण तथा विकासको लागी रु.१७ लाख , शासन प्रणाली ब्यवस्थापनका लागि ४ लाख ७० हजार , वित्तीय सुशासन क्षेत्रमा ९० हजार , कानुन तथा न्यायको क्षेत्रमा ६ लाख , शान्ति तथा सुव्यवस्थाको क्षेत्रमा १ लाख २५ हजार , श्रम तथा रोजगारीको क्षेत्रमा ७७ लाख ६८ हजार , गरिबी निवारण शिर्षकमा ३ लाख ५४ हजार , योजना तर्जुमा र कार्यान्वयनमा १ लाख ९३ हजार , अनुगमन तथा मुल्यांकनमा ९ लाख , तथ्यांक संकलनमा २ लाख , वातावरण तथा जलवायु क्षेत्रमा २० लाख ५० हजार , मानव संशोधन विकास क्षेत्रमा ५ लाख ५० हजार र विपद ब्यवस्थापनको क्षेत्रमा ५० लाख रकम विनियोजन गरिएको छ ।
सामाजिक विकास क्षेत्र :
यस शिर्षक अन्तर्गत कुल ब्यय अनुमानित रकमको ४१.३२ प्रतिशत अर्थात २६ करोड रकम विनियोजन गरिएको छ । जसमध्ये सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रममा ३७ लाख ४३ हजार , युवा तथा खेलकुद क्षेत्रमा ३४ लाख ९० हजार , खानेपानी तथा सरसफाइ क्षेत्रमा १ करोड ६८ लाख ६३ हजार , भाषा तथा संस्कृतिको क्षेत्रमा २४ लाख ५ हजार , शिक्षा क्षेत्रमा १६ करोड ३४ लाख ६९ हजार , स्वास्थ्य प्रवर्द्धन अन्तर्गत ५ करोड ४७ लाख ६६ हजार र लैंगिक समानता तथा सामाजिक समावेशिकरण १ करोड ५२ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्बाको अनुमतिमा ६ नम्बर वडाका वडाध्यक्ष तथा गाउँसभा सदस्य टीका प्रसाद दाहालले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी ३ नम्बर वडाका वडाध्यक्ष तथा आर्थिक विकास समितिका सदस्य भागवत घिमिरेले आ.व. २०७८/०७९ को विनियोजन विधेयक २०७८ प्रस्तुत गर्नुभएको थियो ।
सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले गाउँपालिका सुशासन समिति गठन र सञ्चालन नियमावली, गाउँपालिका लेखा समिति गठन सञ्चालन नियमावली र गाउँपालिकाको कार्यप्रणालीलाई व्यवस्थित गर्न विधायन समितिको गठन सञ्चालन गर्न बनेको नियमावली प्रस्तुत गर्नुभएको थियो । आगामी बैठक यहि असार २६ गते बस्ने पालिका अध्यक्ष हुमागाईले बताउनुभयो ।