हेटौँडा/ बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि २ लाख १५ हजार ६ सय जनाले अनलाईन फारम भरेको जनाईएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री घनश्याम दाहालले यस्तो जानकारी दिएका हुन् । उनले लाईसेन्स प्रिन्ट गर्ने अधिकार प्रदेशसंग नरहेकोले त्यसबारे आफुहरुले जवाफ दिन नसक्ने बताउँदै मन्त्री दाहालले लाईसेन्सका लागि आवेदन दिएकाहरुको पालो चाँडै आउने व्यवस्था मिलाउन भने मन्त्रालयले काम थालिसकेको बताए ।
मन्त्री दाहालले चालु आर्थिक बर्षमा यातायात क्षेत्रबाट १० अर्ब ८५ करोड रुपैंया राजस्व संकलनको लक्ष्य राखिएकोमा दोस्रो चौमासिकसम्ममा ७ अर्व १२ करोड ७३ लाख ४७ हजार ७ सय रुपैंया संकलन भएको बताए । उनले मन्त्रालयले लक्ष्य अनुसार राजस्व संकलन गर्ने बताए । राजस्व संकलनलाई अनलाईन विधिमार्फत भुक्तानी गर्न सकिने गरी काम भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
उनले मन्त्रालय मातहतका कार्यालयमा भएका विकृति समाधान गर्ने र सुधारको प्रक्रिया अघि बढाउन बताउँदै मन्त्रालय स्थापना भएपछिको अवधीमा गलत क्रियाकलाप गर्ने २ जना कर्मचारी कारवाहीमा परेको जानकारी दिए ।
यस्तो छ मन्त्रालयको प्रगति विवरण