हेटौँडा/ नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा स्थापना दिबसका अबसरमा सबै संचारकर्मीबिच शुभकामना आदान प्रदान तथा प्रभातफेरी कार्यक्रम गरिएको हो । प्रभातफेरीको रयाली हेटौंडाको सिमाचाकबाट सुरु भइ, बुद्धचोक, मकवानपुर उद्योग बाणिज्यसंघ हुँदै फेरी बुद्धचोकमा आएर समापन गरिएको थियो ।
कोणसभालाई संबोधन गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले स्थापना गरेको पत्रकार महासंघ अहिलेको अबस्थामा निकै सुबिधा सम्पन्न अबस्थामा आईपरेको बताए। केन्द्र जस्तै महासंघको मकवानपुर शाखा पनि निकै कष्टपुर्ण ढंगबाट स्थापना गर्ने अग्रजहरुको सम्मान गर्दै अगाडि बढ्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल,सम्झना कार्की,महासचिव कृष्ण सुरु मगर पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु प्रताप बिष्ट, राममणी दाहाल, भानुभक्त आचार्य, मकवानपुरका पत्रकार संगठन र मिडियामा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो