हेटौँडा/ बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ। बुधबार रातिदेखि च्यानल ह्याक भएको हो।
ह्याकपछि उक्त च्यानलको नाम नै परिवर्तन भई ‘इथेरियम’ भएको छ। बुढासुब्बाका सबै सामग्रीहरु होमपेजमा देखिएका छैनन्, केही सामग्री भने अन्य शिर्षकमा देखिएका छन्।
झरनाको चलचित्रको प्रोमोशनका सबै भिडियो बुढासुब्बा डिजिटल च्यानल मार्फत राखिएको थियो।
ह्याक भएको बुढासुब्बा डिजिटलले अहिले च्यानल रिकभरीको काम भईरहेको जनाएको छ। यसअघि दुई वर्ष पहिले पनि बुढासुब्बाको च्यानल ह्याक भएको थियो ।