देशैभर स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा चलिरहेको बेला हुम्लामा भने तनाव सिर्जना भएको छ । हुम्लामा मतदान चलिरहेका बेला एक समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप भएको हो ।
झडप भएपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ । ढुंगामुढाका कारण मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी रहेको प्रहरीले जनाएको छ ।माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा मतदान चलिरहेका बेलातनाव उत्पन्न भएको हो ।