• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बुक हिलका प्रकाशक भूपेन्द्र खड्काले अर्जुन पराजुलीको कविता चोरी गरेको आरोप !

✎ शुभसमय२०७९ जेष्ठ ५ गते, बिहीबार १०:०६ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । नेपालीमा एउटा चर्चित उखान छ,–‘जो चोर उसैको ठूलो स्वर’ । यही उखानको टुक्का हालेर एकजना प्रकाशकमाथि सामाजिक संजाल प्रयोगकर्ताले गाली गर्न थालेका छन् । ती प्रकाशक हुन्, भूपेन्द्र खड्का । कुनै समय रेडियो कार्यक्रम प्रस्तोता समेत रहेका खड्काले चर्चित कवि अर्जुन पराजुलीको कविता चोरेर उल्टो कवि पराजुलीलाई चोरीको आरोप लगाएपछि उनीमाथि गाली बर्सिएको हो ।

बुधबार बेलुका ८ः ५० मा खड्काले सामाजिक संजालमा कवि अर्जुन पराजुलीको कविता राख्दै आफ्नो कविता पराजुलीले चोरी गरेको आरोप लगाएका थिए ।

 

‘गोरुले गधालाई सोध्यो

भाई ! चुनाव त जितिछस्

तर, मान्छेले

तँलाई मत कसरी दिए नी ? !

गधाले भन्यो–

चुनाव जित्नुअघि त

म पनि मान्छे नै थिएँ नि ।

 

कवि अर्जुन पराजुलीले सामाजिक संजाल फेसबुकमा राखेको यही कविताको फोटो सामाजिक संजाल फेसबुकमा राख्दै खड्काले लेखेका थिए,–‘लौ हेर्नुस् । मैले ९ वर्षअघि लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थ्यो । आज तपाईंका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन् । हैट बुढालाई के भएछ ?’

उनले आफूले ९ वर्ष अघि लेखेको भनेर पुरानो स्टाटस पनि राखेका छन् । तर, खड्काले पराजुलीलाई लगाएको चोरीको आरोप केहीबेरमै झुटो सावित भएको छ । कवि पराजुलीले २५ वर्षअघि लेखेको खुल्यो । सामािजक संजाल मार्फत नै पराजुलीले खड्काको झूटको पर्दा खोलिदिए । ‘आदरणीय मित्रहरु भ्रममा नपर्नुहोला । यो कविता मैले आजभन्दा २५ वर्षअगाडी लेखेको हुँ र लगातार मन्चमा पढ्दै आएको छु । मलाई लाग्छ यो स्टाटस मेरो कविताको कपि हो,’ भूपेन्द्रको स्टाटसको स्क्रिनसर्ट राख्दै पराजुलीले भनेका छन्,‘अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ । मलाई चोर बनाउनेको विरुद्धमा अब मैले कानुनी उपचार खोज्नुपर्छ खोज्नेछु ।’

पराजुलीले २०६३ सालमा प्रकाशित जनमत पत्रिकामा छापिएको उनको सोही कविता समेत सामाजिक संजालमा राखेर खड्काको आरोपको खण्डन गरेका छन् ।

‘आदरणीय साथीहरू !

मेरो यो कविता– जनमत साहित्यीक मासिक– मा

२०६३ साल असोज ( पूर्णांक ११५) मा छापिएको छ ।
मेरो नाममा जनमतले निकालेको विशेषांकमा कवि÷ समालोचक रामप्रसाद ज्ञवालीले लेख्नुभएको समीक्षा लेखमा छ यो,’ उनले सामाजिक संजालमै लेखेका छन्,‘आफ्नो सिर्जना अरूले चोरेर चोरले उल्टै किन चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे (म) भए आत्महत्या गरिसक्थ्यो ।’

सामाजिक संजालमा खड्काले पराजुलीमाथि चोरीको आरोप लगाउँदै लेखेको स्टाटसमा प्रतिक्रिया जनाउनेहरले खड्कालाई नै चोरीको प्रतिआरोप लगाएका छन् ।

‘चोर त तपाईं हुनुहुँदो रहेछ,’ लालमणी जोसीले खड्कामाथि प्रतिआरोप लगाएका छन् ।

त्यस्तै नितेस रिसालले लेखेका छन्,‘ चोरले कवि ज्युकै रचना चोरेर त्यही कविलाई चोरको आरोप लगाएछ । समाजमा चिनिनै मन लागेको भए नाङ्गै हिँडेपनि हुन्थ्यो होला ।’

पत्रकार धिरज बस्नेतले कवि अर्जुत पराजुलीको जनमत साहित्यीक मासिकमा प्रकाशित अंक राख्दै लखेको छन्,‘आफै चोर्ने अनि अरुलाई चोर दोष लाउने चोरदेखि होसियार !’

माधव छत्कुलीले खड्कामाथि जो चोर उसैको ठूलो स्वर भन्दै खड्कामाथि प्रतिआरोप लगाएका छन् ।

यता सितल सुवेदीले भने भूपेन्द्र खड्का गम्भिर विरामीबाट उठेका कारण स्मरणशक्तिमा ह्रास आएको बताएका छन् । ‘गम्भीर बिरामी भइ उठेका भूपेन्द्रजीको स्मरणशक्तिमा ह्रास आउनु स्वभाविकै हो,’ उनले भनेका छन्,‘लामो समय बिरामी हुनेहरूमा यस्तो विश्मृति हुनु प्रायशः आम कुरा हो । कवि अर्जुन पराजुलीसँग माफी माग्दा उचित हुन्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

आज स्वरसम्राट नारायणगोपाल ३२‍‌औँ स्मृति दिवस

अनेसास अफ्रिकाद्वारा प्रकाशित ‘किलिमन्जारो’ लोकार्पण 

सङ्गमले आयोजना गरेको निबन्ध प्रतियोगितामा लामिछाने प्रथम

बकैयामा प्रज्ञा प्रतिष्ठान गठन: संयोजकमा गौतमा, सदस्य सचिवमा उपासक

संगीतकार संघ नेपालको अध्यक्षमा मकवानपुरका चेतन सापकोटा चयन

मकवानपुरका बिर्खे अञ्जानलाई युवावर्ष मोती पुरस्कार

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.