काठमाडौं । सरकारले अब विदेश अध्ययन गर्न जाने बिद्यार्थीहरुको शिक्षण शूल्क बापतको बिदेशी मुद्रा सटही गर्दा २ प्रतिशत कर लिने भएको छ । नेपालको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्यन गर्न बनेको ऐन २०७९ मार्फत यस्तो व्यबस्था गरिएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल गरिनेछ। विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैङ्क वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ। सटही सुविधा लिई शिक्षा सेवा शुल्क बुझाएका तर विदेशमा अध्ययन गर्न जान नपाएका विद्यार्थीले विदेशी मुद्रा फिर्ता गरी शिक्षा सेवा शुल्क फिर्ता माग गरेमा आन्तरिक राजस्व विभागले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित बैङ्क मार्फत फिर्ता फिर्ता दिइनेछ ।
सम्वन्धित समाचार
Add A Comment